Rule 116
प्रदेश सरकार मार्फत कार्यक्रम कार्यान्वयन गर्न सक्ने
(१) कोषको रकम प्रयोग: गरी सञ्चालन गरिने कार्यक्रम प्रदेश सरकार मार्फत समेत सञ्चालन गर्न सकिनेछ।

(२) समितिले प्रदेश सरकार मार्फत सञ्चालन हुने कार्यक्रमको लागि वार्षिक बजेटको सीमा निर्धारण गरी योजना तर्जुमा गर्न सबै प्रदेशमा पठाउनु पर्नेछ।

(३) उपनियम (२) बमोजिम तोकिएको वार्षिक बजेटको सीमाभित्र रही प्रत्येक प्रदेशले कार्यक्रम प्रस्ताव गरी समिति समक्ष पेस गर्नु पर्नेछ।

उपनियम (३) बमोजिम पेस भएको कार्यक्रम समितिले स्वीकृत गरी कार्यान्वयनका लागि प्रदेश सरकारलाई पठाउनु पर्नेछ।

(५) उपनियम (४) बमोजिम स्वीकृत भएको कार्यक्रम प्रदेश सरकारले कार्यान्वयन गरी सोको प्रगति विवरण र सो आर्थिक वर्षभित्र खर्च हुन नसकेको बाँकी रकम कोषमा फिर्ता गर्नु पर्नेछ।